बस्ती बदलिएसँगै बदलिएको जिन्दगी

एकदमै गर्मीको दिन, निमाको अनुहारबाट पसिना निरन्तर बगिरहेको थियो । उता आकाशमा काला बादलका घेरा अझ बाक्लिदैछन्, तर निमालाई मौसमको कुनै परवाह छैन । उनलाई त जसरी हुन्छ आफ्नो घर निर्माण गरिसक्नु छ । सिन्धुपाल्चोक जिल्लाको सिम्पालकाभ्रेमा बसोबास गरिरहेको निमाको समुदायले २०७२ सालको भूकम्पमा सबै थोक गुमाए । त्यसैले सिङ्गो समुदाय नै नयाँ ठाउँ भेडिचौरमा २० ओटा घर बनाएर सरेका छन् ।

“We were worried about searching for new land and the procedures related to that. We had been living in this place for years and now we lost everything. The DS II project helped us get the required documents, visit NRA offices and speed up all the procedures,” he explains.

“अब नयाँ ठाउँ कसरी खोज्ने, त्यसको प्रक्रिया के हुन्छ भन्ने विषयमा हामीलाई खुबै चिन्ता थियो । वर्षौदेखि बस्दै आएको ठाउँमा हामीले सबै गुमाएका थियौँ,” उनी भन्छन्, “तर दिगो समाधान परियोजनाले हामीलाई आवश्यक कागजात जुटाउन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धाउन र सबै काम फटाफट गर्न सहयोग गयौँ ।”

परियोजनाको मुख्य उद्देश्य भनेको भूकम्पबाट प्रभावित समुदायलाई अमिनसँग सम्पर्क गराई नयाँ जग्गाको नापजाँच गर्न अनि पुनर्निर्माण प्राधिकरणबाट जग्गा तथा घर निर्माणका लागि अनुदान पाउन आवश्यक कागजात जुटाउन सहयोग गर्नुको साथै, मालपोत कार्यालयबाट यथाशीघ्र जग्गाधनी पुर्जा पाइने व्यवस्था मिलाउनु हो । निमा सुनाउँछन्, “सिम्पालकाभ्रेका सबै २० परिवारले नै सुरक्षित ठाउँमा नयाँ घर बनाउनका लागि जग्गा र पुनर्निर्माण अनुदान पाएका छन् । अब त हाम्रा बालबच्चाहरू १०–१५ मिनेट हिँडेर विद्यालय जान सक्छन् । पुरानो बस्तीबाट स्वास्थ्य केन्द्र जान गाह्रो थियो, तर यहाँबाट सजिलो छ ।”

“तर यहाँ पानीको सुविधा चाहिँ छैन । त्यसैले नै समयमै घर बनाइसक्न अलिक गाह्रो भएको छ,” तैपनि उनी आशावादी छन् । “हामीलाई पानीको स्रोतमा पहुँच चाहियो भनेर हामीले गाउँपालिकामा निवेदन दिएका छौँ । जग्गाधनी पुर्जा र अन्य कागजात पनि बुझाएका छौँ । हामीलाई बिजुली पनि तत्कालै चाहिएको छ । दुबै कुरा छिट्टै पाउँछौँ भन्ने आशा छ ।”

फेरि अँध्यारो मुख लाएर निमा थप्छन्, “आज त हामी सुरक्षित स्थलमा छौँ । तर हामीलाई हातमुख जोर्ने चिन्ता छ । हामी प्रायः सबै कृषिमा भर परेका थियौँ । तर अब त खेती गर्न जग्गा नै छैन । करिब १०–१२ घरधुरी पुरानै बस्तीतिर रहेका जग्गामा खेती गर्दै छन् । तर त्यहाँ पहिरो जाने डर छ । अब नयाँ ठाउँमा सबै थोक नयाँ बनाउनुपर्ने छ ।” अर्थात्, निमा र उनका परिवार नयाँ जिन्दगी सुरु गर्न तयार छन् । यद्यपि त्यो सुरुवात सोचेजस्तो सजिलो भने छैन ।

लेखक: सजना श्रेष्ठ/पिपुल इन निड



टिप्पणीहरु बन्द गरिएका छन् ।

ne_NPNepali
en_USEnglish ne_NPNepali